८५ भाषामा गीत गाएर विश्व कीर्तिमान


२९ कार्तिक २०७४, बुधबार

(एजेन्सी) १२ वर्षकी यी बालिका साँच्चिकै दुनियाँकी अद्भुत मानिस हुन् । दुबइमा बस्ने सूचेता शतीस नामकी बालिका ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् ।maxresdefault

७ कक्षामा पढ्ने सूचेताले अहिलेपनि सजिलैसाग ८० वटा भाषामा गीत गाउन सक्छिन् । अब चाहीँ ५ भाषा थपेर ८५ वटा भाषामा गित गाउँदै आफ्नो नाम गिनिज बुकमा लेखाउने उनको योजना छ ।

आउँदो २९ डिसेम्बरमा हुने कार्यक्रममा उनले ८५ भाषामा गित गाउनेछिन् । यसका लागि उनले तयारी सुरु गरिसकेकी छिन् ।स्मरण रहोस् अहिलेसम्म सबैभन्दा धेरै भाषामा गीत गाउने किर्तिमान भारतकै केसीराजु श्रीनिवास र घाजल श्रीनिवासको नाममा छ । उनीहरुले सन् २००८ मा ७६ वटा भाषामा गीत गाएर विश्व् किर्तिमान राखेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७