संसदमा पूर्वप्रधानमन्त्री माधव नेपालले उठाए गोर्खाहरुको मुद्दा


११ आश्विन २०७५, बिहीबार
Madhav Kumar Nepal

काठमाडौं, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा गोर्खाहरुको मुद्दा उठाएका छन् । नेता नेपालले सरकारलाई गोर्खाहरुको मुद्दाका बिषयमा गम्भिर हुन आग्रह गरेका हुन् ।

विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता नेपालले गोर्खाहरुको समस्या समधानका लागि सरकारलाई गम्भिर हुने आग्रह गरे । उनले भने ‘भुपु ब्रिटिस गोर्खाका समस्या समाधान गर्न ध्यान जाओस् ।’ नेपालले गोर्खाहरुको हकअधिकारको निम्ती निरन्तर आवज उठाउदै आएका छन् ।
नेता नेपाल परराष्ट्रमन्त्री भएको बेला गोर्खाहरुलाई त्रिपक्षीय सम्झौता पनि उपलब्ध गराएका थिए । भारत, बेलायत र नेपालबीच भएको गोर्खा भर्तीसम्बन्धी त्रिपक्षी सम्झौता प्राप्त नगर्दा गोर्खाहरुलाई आन्दोलनमा समस्या भएको थियो ।

बेलायतले सधैं भन्दै आएका थिए,‘हामीले त्रिपक्षीय सम्झौताका आधारमा गोर्खाहरुलाई व्यवाहार गरेका हौं ।’ नेता नेपालले यो सम्झौता उपलब्ध गराएपछि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)लाई बेलायती अदालतमा मुद्दा हाल्न सजिलो भएको थियो ।

Madhav Kumar Nepal
प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्वीर : रत्न श्रेष्ठ, रासस

यसैगरी नेता नेपालले विहिबारको बैठकमा ब्रिटिस सेनामा नेपाली महिलालाई पठाउने प्रसङ्ग आएको उल्लेख गर्दै त्यस्तो कार्य तत्काल रोक्न अनुरोध गरे । उनले भने, आज ब्रिटिस सेनामा भर्ना हुन जाने कुरा उठिरहेको छ । भोलि खाडी राष्ट्रहरूले पनि भर्ना गर्नुपर्यो भन्ला । यस्तो अवस्था आउन नदिऊँ ।’

यसअघि बेलायतले एक तर्फी रुपमा नेपाली महिलाहरुलाई बेलायती सेनामा भर्ती गर्ने घोषणा गरेका थिए ।

यसअघि बेलायतले एक तर्फी रुपमा नेपाली महिलाहरुलाई बेलायती सेनामा भर्ती गर्ने घोषणा गरेका थिए । दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा बेलायतले नेपाली महिलालाई भर्ती गर्ने घोषणा गरे पनि नेपाल भने बेखबर छ । २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।


ब्रिगेड अफ गोर्खाजमा सैनिक संख्या न्यून हुँदै जाँदा उक्त संगठन बलियो बनाउन महिलालाई पनि भर्ना लिने निष्कर्षमा बेलायत सरकार पुगेको बताइएको छ । १८१६ मा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सम्झौताअनुसार नेपाली पनि ब्रिटिस सेनामा भर्ना हुन थालेका हुन् ।



विहिबार नै गेसोका सभापति कृष्णकुमार राई सहितको टोलीले नेता नेपाललाई भेटेर गोर्खा आन्दोलनको बिषयमा जानकारी गराएका थिए । भेटमा नेता नेपालले गोर्खाहरुको अधिकार प्राप्तका लागि पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७