‘अहिलेको जमाना भनेको सुचना प्रविधिको हो’


१२ आश्विन २०७५, शुक्रबार
Dinesh kumar Sharma1 1

कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (केईसी), त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनलिई बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रीकल, बीआर्क, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन इन्जिनियरिङ अध्यापनहुँदैं आएको छ । इन्जिनियरिङ शिक्षामा नीजि क्षेत्रका कलेजहरुतर्फ अग्रणी मानिने केईसीका प्रोडक्टहरु अब्बल मानिन्छन् । राम्रो शैक्षिकवातावरण, सुविधासम्पन्न हाइटेक ल्याबसहित प्रतिष्ठित फ्याकल्टीहरुलाई पनि केईसीको विशेष पक्ष मानिन्छ । साढे १७ रोपनीमा क्षेत्रफलमा फैलिएको केईसीले हाल ३० रोपनीजग्गामाहोस्टेलसहितको कलेज बनाउनका लागि थप जग्गा खरिद गरिसकेको छ । शैक्षिकवातावरण, अब्बल फ्याकल्टी, सुविधासम्पन्नल्याब, ख्यातिप्राप्तब्यवस्थापन टिम रहेको केईसीका सल्लाहकार प्रा.डा. दिनेशकुमार शर्मासँग गरिएको कुराकानीः

१. केईसीको फ्याकल्टीबारे जानकारी दिनुहोस न ?

हामीले बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रीकल, बीआर्क, बीई इलेक्ट्रोनिक्स,कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ चलाइरहेका छौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले यस शैक्षिक सत्रदेखि आफ्नो एउटा कार्यक्रमलाई परिमार्जित गरेको हो, यो सबै क्याम्पसमालागु भएको छ । पहिले रहेको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ भन्ने थियो त्यो कार्यक्रम परिमार्जन गरेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन बनाइएको छ ।

२. इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा इन्फर्मेशन थपेर परिमार्जित गरिएपछि त्यसमा नवीन कुराहरु के छन् ?

इलेक्ट्रोनिक्स र कम्युनिकेसनका कुराहरु यथावत छन् । कम महत्वपूर्ण कोर्सहरु झिकेर इन्फर्मेशन इन्जिनियरिङका नवीनतम कुराहरु राखेका छौं । अहिलेको जमाना भनेकै इन्फर्मेशनको जमाना हो, सूचनालाई कसरी कम्प्युटरको माध्यमबाट मानिसको हितका लागि कसरी उपयोग गर्ने भन्नेबारे कोर्समा थपेका छौं ।

३. अन्य सबै फ्याकल्टीहरुमा भर्ना सिट पूरा भइसकेको अवस्थामापनि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स फ्याकल्टीमा विद्यार्थीहरुको कोटा पूरा हुननसक्नुको कारण के हो ?

गत केही वर्षदेखि नै इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसमा विद्यार्थी कम भइरहेका थिए । त्यसलाई परिमार्जित गरेर समय सापेक्ष झन प्रभावकारी बनाइएको हो । संसारमा जे डिमान्ड छ, अहिले सूचना प्रविधीको जमाना छ, त्यसकारण सूचना सम्बन्धि अध्ययन पनि गराउनुपर्छ भनेर त्यसलाई परिमार्जन गरिएको हो ।

४. नेपालमा इन्जिनियरिङका कुन-कुन विद्यामा बढी आकर्षण छ ?

अहिले नेपालको परिप्रेक्ष्यमा इन्जिनियरिङ विषय मध्येमा सिभिलमा विद्यार्थीहरुको चाप छ । त्यसपछि कम्प्युटर, बी आर्कमा आकर्षण राम्रो छ । अरुमा विगत वर्षहरुदेखि नै विद्यार्थीहरु कम भइरहेका छन् ।

५. त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङका उत्पादनहरुको गुणस्तर कस्तो छ ?

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुको राम्रो ख्याति छ । त्रिभुवन विश्वविद्यालयका आफ्नै चार वटा कलेजहरु छन् ।सम्बन्धन प्राप्त नीजि क्षेत्रका ६ वटाजति कलेजहरु छन् । यी सबै इन्जिनियरिङ कलेजहरुका उत्पादनको गुणस्तर एकदमै छन् । हाम्रो उत्पादन पनि स्वभाविक रुपमा राम्रा हुने भइहाले ।

६. विदेशका कुनै शैक्षिक संस्थाहरुसँग पनि सहकार्य गरिरहनु भएको छ कि ?

काठमाडौं इन्जिनियरिङ कलेजको विदेशका धेरै कलेजहरुसँग पनि एमयु गरेको छ । केईसीबाट पास आउट भएका हाम्रा विद्यार्थीहरुले विदेशका राम्रा र ख्याति प्राप्त विश्वविद्यालयमा माष्टर्स र पीएचडी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७