म माथि सुनियोजित सांघातिक आक्रमण भयो : शेरधन राई


२९ कार्तिक २०७४, बुधबार
Sherdhan Rai

भोजपुर  : प्रदेशसभाको लागि भोजपुर क्षेत्र नं. २ को उम्मेदवार शेरधन राईले आफु माथि भएको सांघातिक आक्रमण सुनियोजित भएको बताएका छन् ।Sherdhan Rai

बुधबार मिडिया सेन्टर भोजपुरले गरेको पत्रकार सम्मेलनमा एमालेको पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री समेत रहेको वाम गठबन्धनका प्रत्यक्ष उम्मेदवार शेरधन राईले मंगलबार भएको बम आक्रमण आफूमाथि हत्या गर्ने उद्देश्यका साथ भएको बताएका हो ।
उनले घटनाको विषयमा कसैले जिम्मेवारी नलिएको र घटनाको प्रकृतिलाई हेर्दा जघन्य सांघातिक हमलाको संज्ञा दिएका छन् । घटनामा संलग्न दोषिलाई छिटो भन्दा छिटो पत्ता लगाई कडाभन्दा कडा कानुनी कटघरामा उभ्याउन सरकारसमक्ष माग गरेका छन् ।
घटना तर्साउनका लागि नभएर ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरिएको हो’ राईले भने, ‘घटना गम्भीर र रहस्यमय छ।’  प्रदेश र प्रतिनिधिसभा निर्वाचन विथोल्ने किसिमका गतिविधि भइरहेका बेला भोजपुरमा यस्तो घटना हुनुमा सिंगो गठबन्धनको तर्फबाट घोर निन्दा गरेको राईले बताए ।
मंगलबार बिहान चुनाबी अभियानको क्रममा टेम्के मैयुङ गाउँपालिका जाँदै गर्दा बम आक्रमण परेका थिए । राई चढेको जिपमाथि टेम्के मैयुङ गाउँपालिका ५, कोटको गुम्बाटोलस्थित बिहान ९ः ५० बजे करिब ६ जनाको अज्ञात समूहले सकेट बम र १० राउण्ड गोली प्रहार गरेको थियो ।
जवाफीमा उम्मेदवार राईका अंगरक्षक डिल्ली देवकोटाले २१ राउण्ड गोली प्रहार गरेका थिए । उम्मेदवार राईलाई सुरक्षा दिने क्रममा देवकोटाको दाँया हातमा चोट लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७