स्रोताको मायाले हौसिँदै तृतिया (भिडियो)


२९ कार्तिक २०७४, बुधबार
Rajesh Rai

काठमाडौं: तृतियाको भर्खरै सार्वजानिक भएको गीत ‘पल्कियो पल्कियो’ गीतलाई छोटो समयमा नै साढे तीन लाख भन्दा बढीले हेरेपछि उनी दंग छिन् ।Rajesh Rai

23618913 2050601045169009 1636626312 n
तृतिया गुरुङ

देव पुनको शब्द संगीत र अशोक लोहरुङ राईको एरेञ्ज रहेको गीतमा तृतियालाई चर्चित गायक राजेश पायलले साथ दिएका छन् । गीतको भिडियो म्युजिक भिडियो सोनम पाख्रिनले निर्देशन गरेका छन् । भने निराजन प्रधान र एलिसा राईको अभिनय रहेको छ ।सार्वजनिक भए लगत्तै गीत र भिडियोको राम्रो प्रतिकृया पाएकी तृतिया भन्छिन् ‘यति छोटो समयमा नै यत्ति धेरैले माया गरेर हेर्दिनु भयो र सुझाव पनि दिईरहनु भएको छ । सबैको मायाले म निक्कै हौसिएकी छु ।’

धरानकी तृतिया गुरुङ पहिलादेखि नै गीत संगीतमा चासो भएपनि संगीतमा लागिहाल्ने वातावरण नबनेकोले केहि ढिला भएको बताउँछिन् । केही समय बेलायतको बसाईपछि नेपाल फर्किएर अहिले काठमाडौं पद्यमकन्यामा बिम्युज पढिरहेकी छिन् । सुरुमा प्रकाश गुरुङ, चण्डी काफ्ले, धनबहादुर गोपाली लगायतका गुरुसँग संगीत सिकिरहेकी तृतिया सानैदेखि नृत्य र गायनमा रुचि रहेको बताउँछिन् । आफ्नो पहिलो प्रयासमा नै धेरै स्रोताले रुचाएको खुशी हुँदै उनले भनिन् ‘मेरो सानोदेखिको सपना साकार हुँदैछ । अझ धेरै सिकेर सफल गायिका बन्नु छ ।’

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७