मेस्सीले बनाइदिए स्वास्थ्य भवन


२९ कार्तिक २०७४, बुधबार
messi 1

messi 1

रामेछाप: अर्जेन्टाइन स्ट्राकर लियोनन मेस्सीले रामेछापको मन्थलीमा प्राथमिक स्वास्थ्य केन्द्रका लागि ८ कोठे प्रि–फ्याक भवन बनाइदिएका छन् । messi home

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भत्काइदिएको भवन मेससीको आर्थिक सहयोग र युनिसेफको सहजीकरणमा बनाइएको हो ।मन्थलीस्थित आकाशेमा निर्माण गरिएको भवन बुधबार एक कार्यक्रमबीच प्राथामिक स्वास्थ्य केन्द्रलाई हस्तातरण गरिएको छ । भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै युनिसेफका नेपाल प्रतिनिधि टोमो ओजमीले आमा बच्चाको स्याहार तथा स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउने विश्वास ब्यक्त गरे ।messi hospital

रामेछापमा भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थामध्ये मेस्सीको आर्थिक सहयोगमा १३ वटा स्वास्थ्य भवन बन्दैछन् । जसमध्ये मन्थली र ओख्रेनीमा निर्माण गरिएको स्वास्थ्य भवन स्थानीयलाई हस्तान्तरण गरिएको छ । अन्य ११ स्वास्थ्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७