२० वर्षीया मोडल ताराको गोली हानी हत्या, हत्याराको खोजी तीब्र


१५ आश्विन २०७५, सोमबार
tara2

काठमाडौं, १५ असोज । इराककी सोसलमिडिया सेलिब्रिटी, मोडल, डिजाइनर तारा फारिसको हत्याराको खोजी तीब्र पारिएको छ ।

tara2
बग्दादमा गोली हानी हत्या गरिएकी मोडल

राजधानी बगदादमा कारमा बसिरहेकी उनीमाथि गोली प्रहार भएको थियो । उनीमाथि छ गोली प्रहार गरिएको थियो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा २७ लाख फ्लोअर रहेकी २० वर्षीया फारिस स्टाइलिस हेयर कलर र फेशन डिजाइनमा चर्चित थिइन् । इराकी बाबु र लेवनानी आमाबाट जन्मिएकी ताराले सन् २०१५ मा सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

tara faris 37632600
बग्दादमा गोली हानी हत्या गरिएकी मोडल

पछिल्लो समय युरोप बस्दै आएकी तारा एक हप्ताका लागि इराक पुगेकी थिइन् । उनको चर्चा र जीवनशैलीका कारण अतिवादीहरुको निशानामा परेको हुनसक्ने एजेन्सीहरुको भनाइ छ ।

इराकी व्यंग्यकार अहमज ए बशीरले घटनामा दुःख व्यक्त गर्दै भनेका छन्, ‘कसैले उनको हत्या यति मात्र कारणले ग¥यो कि उनले अरु केटीहरु जस्तै जिउने निर्णय गरिन् ।’ इराकको पुलिसले हत्यारा खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेकोे छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७