हङकङमा ईन्द्र बहादुर राईलाई विशेष समर्पित पुस्तक विमोचित


१६ आश्विन २०७५, मंगलवार
hongkong sahitya 2

हङकङ, १४ असोज । नेपाली साहित्यका शिखर तारा एवं आयामेली र लीला लेखनका अभियन्ता वरिष्ठ श्रष्टा स्व. डा. ईन्द्र वहादुर राईलाई विशेष समर्पित गरिएको पुस्तक हङकङमा गरिएको छ ।


हङकङ साहित्यिक साझा श्रृंखलाको सातौं वार्षिक उत्सवको अवसरमा नयाँ पेज डटकम हङकङको कार्यलय जोर्डनमा अाइतबार भएको कार्यक्रममा ‘श्रृंखला भाग–४’ पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा हङकङमा रहेर साहित्यका क्षेत्रमा कलम चलाउने ३५ स्रष्टाहरुका कविता, गीत, कथा, संस्मरण, जीवनी, नियात्रा, समीक्षा आदि समावेश गरिएको छ। पुस्तक आवरणमा आवरणमा राईको चित्र राखिएको छ । उक्त आवरण हङकङकै साहित्यकार तथा चित्रकार दिपेन्द्र राईले बनाएका हुन।

श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका वरिष्ठ साहित्यकार अतित मुखियालाई  प्रमुख अतिथिरुपमा बोलाइएको थियो । 

त्यस्तै गरी श्रृंखलाका संरक्षक तथा साब्लाबुङ पुस्तकालय अभियानका राज कुमार राई, संरक्षक तथा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, संरक्षक दाजु गुरुङ, देश सुब्बा, नेपाली भाषा तथा साहित्य परिषदका अध्यक्ष किसन राई, हङकङ नेपाली महासंघकी अध्यक्ष तथा कवि रिता गुरुङ, सल्लाहकारहरु लालबहादुर गुरुङ, बज्र कुमार राई लगायतका साहित्यिक व्यक्तित्वहरु विशेष अतिथिका रुपमा रहेका थिए ।


hongkong sahitya 1

कार्यक्रममा वक्ताहरुले मन्तब्य राख्ने क्रममा हङकङ साहित्यिक साझा श्रृंखला ७७ औं श्रृंखलासम्म निरन्तर अगाडी बढ्नु हङकङमा मात्रै नभएर सम्भवत विश्व भरिकै नेपाली साहित्यिक संघ संस्थाहरु मध्ये सबै भन्दा सक्रिय रहेको बताए ।

‘संस्था जन्मनु र जन्माउँनु ठूलो कुरा नभई यसले निरन्तरता पाउँनु र सबैलाई अटाउँनु सक्नु नै ठूलो उपलब्धी हो’ वक्ताहरुले भने ।

साहित्य श्रृंखला कुनै राजनैतिक वा व्यक्ति विशेषको गुटमा नरही सबैको साझा भएकाले नै यसले निरन्तरता पाएको साहित्य श्रृंखलाका पूर्व संयोजक तथा सल्लाहकार बज्र कुमार राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७