प्रदेश १ को नाम र राजधानीको टुङ्गो चाँडै


१६ आश्विन २०७५, मंगलवार
pradesh ko name chadai tungo lagcha1842 1

विराटनगर,१६ असोज ।  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताएका छन।

pradesh ko name chadai tungo lagcha1842 1

उनले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश संसदीय दलको दुई दिनदेखि यहाँ भइरहेकोे बैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताए।

उनले नामको ट्ङगो लागेपछि विभिन्न राजनीतिक दलसँगको छलफलपछि प्रदेशसभामा पेश गरी यही अधिवेशनभित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने जानकारी दिए।

आजसम्म २० प्रदेशसभा सदस्यले बोलिसकेको बताइएको छ । प्रदेश नं १ मा नेकपाका ६७ प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७