कोरियाली एकीकरणमा केन्द्रित हुने बुसान फिल्म महोत्सव


१७ आश्विन २०७५, बुधबार
international Film Festival

बुसान, दक्षिण कोरिया, १७ असोज (एएफपी) । एसियाकै सर्वा्धिक ठूलो चलचित्र महोत्सवका आयोजकहरुले यसपटक उत्तर र दक्षिण कोरियाको राजनीतिक विषयलाई मात्र नउठाउन आग्रह गरेका छन् । विगतका महोत्सवमा राजनीतिक विषय, खासगरी अन्तर–कोरियाले प्रमुखता पाउँदै आएको थियो ।

बुसान अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सवमा दक्षिण कोरियाली डुङ्गा दुर्घटनाको विषय समेटेर बनाइएको सिओल नामको चलचित्रले प्रमुखता पाएको थियो । दक्षिण कोरियाको यो डुङ्गा दुर्घटना सर्वा्धिक हृदयविदारक मानिन्छ । यसले दक्षिण कोरियालीलाई गहिरो चोट पु¥याउनुका साथै मुलुकको आमजनमत नै दुई भागमा विभक्त भएको थियो ।

‘यस पटकको महोत्सवको मुख्य विषयवस्तु नै एकीकरण हो,’ आयोजक समितिका अध्यक्ष ली योङ–क्वानले बताए ।‘यो वर्ष सम्बन्ध विकासको वर्ष हो । यो सम्बन्ध विस्तार र सुधारको वर्ष पनि हो ।’
यो महोत्सव बिहीबारदेखि शुरु हुँदैछ । महोत्सवमा दक्षिण कोरियाका निर्देशक जेरो युनले निर्माण गरेको चलचित्र ‘सुन्दर दिनहरु (ब्यूटीफूल डेज)’ को प्रदर्शन आरम्भ गरिनेछ । यो चलचित्रमा दक्षिण कोरियामा राम्रो जीवनको आशामा उत्तर कोरियाबाट भागेकी एक आमाले उत्तरमा रहेका परिवारसँग भेटेको मार्मिक कथा समेटिएको छ ।

सन् २०१४ को सिओल डुङ्गा दुर्घटनाका बारेमा बनाइएको विवादास्पद वृत्तचित्रले महोत्सवमा चर्को बहस निम्त्याएको थियो । तर जेरोको यसपटकको चलचित्रले भने सबैको मन जित्ने अपेक्षा आयोजकको छ ।

‘सिओलसँग सत्य लुक्न सक्दैन’ नामको यो वृत्तचित्रले सन् २०१४ अप्रिलमा भएको डुङ्गा दुर्घटनाको सम्बन्धमा तत्कालीन सरकारमाथि आक्रोश पोखिएको छ । यो डुङ्गा दुर्घटनामा तीनसय भन्दा बढी मानिस मारिएका थिए, र तीमध्ये अधिकांश बालबालिका थिए ।

तत्कालीन सरकारले आयोजकमाथि अनुसन्धान र अभियोग समेत लगाएको थियो, रकम कटौती गरेको थियो एवं महोत्सव आयोजक र सरकारबीच सार्वजनिक रुपमै आरोप–प्रत्यारोप चलेको थियो ।
ली र महोत्सवका उपनिर्देशक जे जिओनलाई शुरुमा पदबाट हटाइएको थियो तर यस वर्षको महोत्सवमा पुनः जिम्मेवारी दिइएको छ । राष्ट्रपति मून जाए–इनको वर्तमान सरकारले महोत्सवलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरिसकेको छ ।

‘हाम्रो आशा छ, यस वर्षको महोत्सवले निर्माताहरुलाई एक ठाउँमा ल्याउने छ र महोत्सव पुनः सही मार्गमा आउने छ,’ महोत्सवका नाम दोङ–चुलले बताए ।

महोत्सवको यो २३औं संस्करण आगामी अक्टोबर ४ देखि १३ सम्म चल्नेछ र ७९ देशका तीनसय २३ वटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा एक सय १५ वटा चलचित्रको ‘वल्र्ड प्रिमियर’ हुनेछ ।
कोरियाली चलचित्र उद्योगका कलाकारहरुको पनि महोत्सवमा ठूलै जमघट हुनेछ । चलचित्रका नायकहरु ली ना–योङ, पार्क हाइ–इल, मून सो–री समेतका प्रसिद्ध कलाकारको यहाँ सहभागिता हुनेछ ।

साथै, हलिउडका निर्माता जेसन ब्लूम, सुप्रसिद्ध चिनीया कलाकार झाओ ताओ तथा भारतीय चलचित्र निर्माता राजकुमार हिरानी पनि महोत्सवमा सहभागी हुने आयोजकले जनाएका छन् ।

ओस्कार पुरस्कार विजयी जापानी कम्पोजर रिउची साकामोतो पनि एसियन फिल्ममेकर अवार्ड ग्रहण गर्न महोत्सवमा आउनु हुनेछ । उनले महोत्सवको उद्घाटन कार्यक्रममा कला प्रस्तुत गर्नेछन् ।
महोत्सवमा धेरैवटा पुरस्कार जितिसकेको हङकङका चलचित्र निर्माता स्टान्ले क्वान पनि आफ्नो पछिल्लो चलचित्र ‘फस्र्ट नाइट नभ्र्स’सहित उपस्थित हुनेछन् ।

स्थानीय चलचित्रहरु पनि यहाँ प्रदर्शन गरिनेछ । कोरियाली सिनेमा शीर्षकमा १६ वटा चलचित्रको ‘वल्र्ड प्रिमियर’ प्रदर्शन गरिने छ । कुनै समय के–पपमा आबद्ध रहिसकेकी चोइ सू–योङ पनि आफ्नो प्रमुख भूमिकामा बनेको चलचित्र ‘मेमोरीज अफ अ डेड इन्ड’का साथ महोत्सवमा सहभागी हुनेछन् ।

महोत्सवको मुख्य प्रतिस्पर्धा सातवटा मुलुकका १० वटा चलचित्रबीच हुँदैछ । यसपटक महोत्सवमा भूटानी कलाकार टासी ग्येल्त्सेनको ‘द रेड फाल्लुस’ नाटक मञ्चन हुँदैछ ।

हङकङका चलचित्र निर्माता युएन ऊ–पिङ पनि एक्सन चलचित्र ‘मास्टर जेडः दि आइपी म्यान लिगेसी’ को निर्देशकको रुपमा आएका छन् ।

‘महोत्सवको महत्वपूर्ण पाटो भनेकै यसमा विविधतापूर्ण संस्कृति र चलचित्र निर्माताहरुको बाक्लो उपस्थिति हो,’ युएनले बताए ।

महोत्सवमा पहिलो मलेसियाली चलचित्र निर्देशक जाहिर ओमार पनि आफ्नो प्रतिभा देखाउन यहाँ आउनेछन् । बुसान चलचित्र महोत्सवले हाम्रो कलालाई विश्व समुदायसम्म लैजान मद्दत गर्ने विश्वास लिएको छु, ओमारले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७