कर नतिर्ने ठूला २७ करदाताको नाम सार्वजनिक


३० कार्तिक २०७४, बिहीबार
aantarik आन्तरिक राजश्व विभाग

काठमाडौं: सरकारले कर नतिर्ने २७ ठूला करदाताको नामावली सार्वजनिक गरेको छ। आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले पटक पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धिकर र आयकर तिर्न अटेर गर्ने २७ व्यवसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरेको हो।aantarik आन्तरिक राजश्व विभाग

कार्यालयले पटक पटक पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौता नबुझाएका कारण सञ्चालकसहित व्यवसायिक फर्मको नाम सार्वजनिक गरिएको जनाएको छ।कार्यालयले सार्वजनिक सूचना नै जारी गरी १५ दिनभित्र बक्यौता रहेको कर तिर्न आग्रह गर्दै कार्बाहीको चेतावनी पनि दिएको छ।

कार्यालयका अनुसार घरजग्गा व्यवसायी सुधिर बस्नेतको अग्नी एयर, कोहिनुर हिल आउजिङ र ओरियन्टल बिल्डर्स, सूचना प्रविधिका क्षेत्रमा स्थापित संजिबराज भण्डारीको मर्कन्टायल सिस्टम र सञ्जय गोल्छाको न्यूरेटिक नेपाल लगायतले कर तिरेका छैनन्।

यस्तै प्रदीपशमशेर जबराको पेट्रोलिमक्स, सुमित रौनियारको पप्पु जेभिलगायत सातवटा फर्मले भ्याट तथा नेपाल टोबाटो कम्पनी, एभेरेष्ट पोलिमर्स लगायत ६ वटा फर्मले आयकर र भ्याट दुबै नतिरेको कार्यालयले जनाएको छ।यो समचार आजको कारोबार दैनिकमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७