मोरङमा गुरु चेला पनि चुनावी मैदानमा कस्ले बाजी मार्ला ?


३० कार्तिक २०७४, बिहीबार
UMl congress moist 1

पथरी: मोरङ नेपालमै पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ पृथक र अनौठा स्थिति देखिएका छन् । नेपाली काँग्रेस र वाम गठबन्धनको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गर्ने अवस्था छैन ।UMl congress moist 1

प्रदेशसभाको चुनावमा वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रदेशमा पूर्व प्राध्यापक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल र जीवन आचार्य चुनावी मैदानमा छ।

आचार्यलाई पोखरेलले स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा ‘नेपाल परिचय’ विषय पढाएको थियो । पोखरेल एमालेका पुराना कार्यकर्ता हो । उनिका गुरु चेला नै निर्वाचनमा भिड्दै छ ।

पोखरेलका अर्का प्रतिस्पर्धी नेपाली काँग्रेसका युवा तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य केदार कार्की पनि चुनावी मैदानमा छ । पोखरेल कार्कीका पनि गुरु हो ।

कार्कीलाई पोखरेलले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमै पढाएको हो । कार्कीलाई राजतन्त्रको विरोधमा उत्रिएको आरोपमा २०६२÷०६३ को जनआन्दोलनमा तत्कालीन शाही सेनाले पक्राउ गरेको थियो । उनले १९ दिन जेल जीवन पनि बिताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७