ओली र प्रचण्डले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विस्फोट


३० कार्तिक २०७४, बिहीबार
Kp oli and Prachand 1

काठमाडौं: वाम गठबन्धनको चुनावी सभालाई देशको महत्त्वपूर्ण १० स्थानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ले सम्बोधन गर्ने क्रम जारी रहेको छ । केही स्थनमा गरिसेका छन् ।

Prachanda Oli
बुधवार दुवै पार्टीका अध्यक्षले गोर्खामा २ मा सम्बोधन गरे पछि आज बाग्लुङको गल्कोट नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज त्यही नगरपालिका २ हटियामा बिहान बम प्रहार भएको छ । गल्कोट नगरपालिका २ हटिया नजिक गौडी खोलामा बम विस्फोट गराइएको हो ।
बम प्रहार भएको स्थान चुनावी सभा भन्दा केही मिटर मात्र टाढा रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चुनावी सभालाई बिथोल्ने हेतुले बम विस्फोट गराईएको हो । बम विस्फोट गराए पनि कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७