‘बूढीगण्डकीको ठेक्का रद्द भएको हो, परियोजना होइन’: खाँण


३० कार्तिक २०७४, बिहीबार
ram ji khad

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक बालकृष्ण खाँणले बुढी गण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको आयोजना यथावत रहेको बताएको छ ।ram ji khad

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समिति अन्तरगतको केन्द्रीय मिडिया सेन्टरद्धारा बिहिबार अपरान्ह पार्टी कार्यालय सानेपामा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा संयोजक खाँणले कुरा बताएको हो ।

उनले पूर्बप्रधानमन्त्रि प्रचण्ड नेतृत्वको सरकारको पालामा प्रधानमन्त्रीले राजिनामा दिइसकेपछि सोही पार्टीका विभागीय ऊर्जा मन्त्रीमार्फत ठाडो प्रस्ताव ल्याएर हतारमा गरिएको सो निर्णयका बारेमा संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकोले वर्तमान सरकारले त्यसको पालना गरेको दावी गरे ।

संसदीय समितिको निर्देशन पछि सरकारले यस सम्बन्धी आवश्यक अध्ययन, छलफल र कागजातको छानवीन समेत गरेर सो निर्णय लिएको पनि बताए ।“अर्बौको प्रोजेक्ट प्रक्रिया मिचेर दिइएको रहेछ” कांग्रेस नेता खाँणले भने,“ प्रतिस्पर्धा गर्दा लागत कम हुन सक्ने अवस्था पनि आउछ ।”नेता खाँणले सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको हाम्रो आशंकालाई पुष्टि गरेको छ ।

खाँणले नेपाली कांग्रेस समृद्धिको अभियानमा लागेको र जलस्रोत लगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितहरुको मागलाई ध्यान दिन आग्रह गरेको पनि बताए । उनले आयोजना शुरु भएपछि वरपरका जग्गाको भाउ बढ्ने र सरकारले तोकिदिएको मुआब्जाले त्यसै अगलबगलका आधा जमीन पनि नआउने अवस्था धेरै ठाउँमा देखिएको बताए ।यस बाहेक मुआब्जा बुझ्नेसंग सरकारले लाभकर लिनु न्यायसंगत नभएको उल्लेख गर्दै प्रक्रिया मिलाएर सोको मिनहा गर्न पनि सरकारसंग अनुरोध गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७