विवादास्पद पूर्व डीआइजीलाई अख्तियारको आयुक्त बनाउने तयारी


२१ आश्विन २०७५, आईतवार
ashok


काठमाडौं, २१ असोज । नेपाल प्रहरीका पूर्व डीआइजी अशोक श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्त गर्ने तयारी भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई श्रेष्ठले आफ्नो नियुक्तिमा सहमत गराइसकेका छन् ।

श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले मन नपराउने भएकाले यति एयरका संचालक आङछिरिङ शेर्पालाई लगाएका छन् । शेर्पाले प्रधानमन्त्री ओलीलाई श्रेष्ठलाई आयुक्त बनाउने कुरामा सकारात्मक बनाइसकेका छन् ।  संभवतः अब बस्ने संंवैधानिक परिषद बैठकले उनको नाम आयुक्तमा सिफारिस गर्ने स्रोतले बताएको छ ।

9833ea39 b17f 4c49 8542 f1c5f1b9d900

प्रहरी निरीक्षकदेखि राजदरबारमा एडीसीका रुपमा प्रवेश गरेका श्रेष्ठ एसएसपी हुँदासम्म गरी १६ बर्ष बिताएका थिए । त्यसअघि र त्यसपछि पनि नेपाल प्रहरीका तर्फबाट दरबारमा एडीसीका रुपमा जानेहरु केवल २ बर्षमात्र बस्ने नीति थियो । र, त्यही लागू हुँदैआएको थियो । तर अशोक श्रेष्ठ दरबारको निकट रहेकै कारण १६ बर्षसम्म एडीसीका रुपमा कार्यरत रहिरहन सफल भएका थिए ।

फिल्डमा काम नगरे पनि दरबारकै दबाबमा उनी डीआइजी बढुवा भएका थिए । र, तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा एकपछि अर्को आकर्षक ठाउँको डीआइजी भए । राजदरबारको निकट भएकै कारण त्यतिबेलाको उपत्यका प्रहरी कार्यालय(हाल महानगरीय आयुक्त कार्यालय) र पूर्व क्षेत्रको डीआइजी भए ।

पूर्वक्षेत्रको डीआइजी हुँदा रानीबाट तस्करी गराउन दरबन्दीको इन्स्पेक्टर भक्त बिष्टलाई नपठाई आफ्ना पिए आनन्दमणि लामिछानेलाई राखेर ब्यापक तस्करी गराएर अथाह सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । प्रहरी सेवाबाट अवकाशपछि उनी माओवादी केन्द्र हुँदै डा. बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा प्रवेश गरे । नयाँशक्ति अस्तित्वविहीन भएपछि उनी पुनः पुष्पकमल दाहालकै शरणमा परेर अख्तियारको आयुक्त नै पड्काउने गरी लागेका छन् ।

अख्तियारको आयुक्त हुनका लागि उच्च नैतिकता भएको हुनुपर्ने संबैधानिक ब्यवस्था छ । तर डीआइजी श्रेष्ठ प्रहरीमा हुँदा तस्करीको लाइन चलाउने र भ्रष्टाचार गर्नेमा उच्चकोटीमा पर्दछन् । र, नैतिकताका हिसाबले पनि उनीमाथि बहुविवाहको आरोप छ ।

उनले प्रहरी सेवामा भ्रष्टाचार गरेको रकम हेमन्त कोलाक्षपतिमार्फत् क्यासिनो माजोङमा ब्यापारीक साझेदोरी छ भने यति एयरको हेलिकोप्टरमा लगानी गरेको स्रोतको दाबी छ । यतिको हेलिकोप्टरमा लगानी गर्ने श्रेष्ठलाई आयुक्त बनाउनका लागि आङछिरिङले प्रधानमन्त्री ओलीलाई कन्भिन्स गरेका छन् ।

गुल्मीका नेकपाका नेताहरुलाई समेत श्रेष्ठले आफ्नो पक्षमा प्रयोग गरेका छन् । २०७० को निर्वाचनमा रुपन्देही ४ मा बिष्णु पौडेललाई हराउन र डा. बाबुराम भट्टराईको पक्षमा प्रचार गर्न गएका थिए श्रेष्ठ ।

त्यसैगरी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अख्तियारको आयुक्त हुनका लागि विशिष्ट श्रेणीमा न्यूनतम १० बर्ष काम गरेको हुनुपर्ने क्राइटेरिया बनाइएको थियो । तर अशोक श्रेष्ठ डीआइजी तहबाट अवकाश भएका हुन् । डीआइजी फष्ट क्लासमात्र हो । एआइजी विशिष्ट श्रेणी हुन्छ ।

विवादास्पद डीआइजीहरुले अख्तियारको आयुक्तका लागि दौडधूप गर्न थालेपछि उक्त क्राइटेरिया बनाइएको थियो । तर अहिले दुईतिहाई बहुमतको सरकारले पहिला बनाइएका क्राइटेरिया समेत नहेरी डीआइजीलाई आयुक्त बनाउन लागेको छ ।

डीआइजीलाई नै आयुक्त बनाउने हो भने पनि स्वच्छ छविका र नैतिकता भएका रमेश खरेल, हेमन्त मल्ल ठकुरी जस्ता छन् । तर ब्यापारीको प्रभावमा सरकारले श्रेष्ठ जस्तालाई बनाउने तयारी गरेको छ ।     


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७