क्षेत्र १ लाई नमूना निर्वाचन क्षेत्र बनाउँछु : नेता सिंह


३० कार्तिक २०७४, बिहीबार
Prakashman singh congress nepoal leaders

काठमाडौँ: नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहले आफ्नो क्षेत्रलाई नमूना निर्वाचन क्षेत्र बनाइने बताएका छन् ।Prakashman singh congress nepoal leaders

घरदैलाका क्रममा काठमाडौँको वडा २९ जागृति नगरका मतदाताले आज काठमाडौँको धुलो र बाटो व्यवस्थित गर्नुपर्ने माग गरेपछि नेता सिंहले आफ्नो क्षेत्रको मात्र नभई सिंगो काठमाडौँलाई स्वच्छ र सफा राख्दै सांस्कृतिक पर्यटनलाई अगाडि बढाइने योजना रहेको जानकारी दिए ।

उनले भने, “मुलुकको हरेक राजनीतिक परिवर्तन गर्न काँग्रेसले भूमिका खेलेजस्तै देशको समृद्धिका लागि लागि पनि काँगे्रसले नै नेतृत्व गर्नुपर्छ ।” पूर्वउपप्रधानमन्त्री एवं काँग्रेसका पूर्वमहामन्त्री सिंहले विगतमा कम्युनिष्ट पार्टीले पटक पटक सरकारको नेतृत्व गर्दासमेत संविधान जारी गर्न नसकेको प्रसंग उल्लेख गर्दै काँग्रेसकै नेतृत्वमा संविधानसभाबाट जारी संविधान कार्यान्वयन गर्दै लोकतन्त्र संस्थागत गर्न सबैलाई आग्रह गरे । “तपाईहरुले दुईपटक विजयी बनाएर संविधान जारी गर्ने जिम्मेवारी पूरा गरँे, अब देशलाई समृद्धिको बाटोमा लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्”, उनले भने ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७