अफगानिस्तानलाई नेपालको १०४ रनको लक्ष्य,अनिलले बनाए अर्ध शतक (LIVE)


१ मंसिर २०७४, शुक्रबार
NEP vs IND 10

काठमाडौं: एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अफगानिस्तानका बलरसामू निरिह बने। निर्धारित ५० ओभरको खेलमा नेपालले ३० ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो।NEP vs IND 10 1170x500

नेपालका लागि अनिलकुमार साहबाहेक अन्य कुनै पनि ब्याट्मेनले दोहोरो रनको स्कोर बनाउन सकेनन्। साहले ५७ बल खेल्दै ५१ रन पुरा गरे। उनले ७ चौका १ छक्का प्रहार गरे।कमजोर सुरुवात गरेको नेपालका लागि जितेन्द्र सिंह १ रनमा आउट भएका थिए भने आशिफ शेख शून्य, दीपेन्द्र सिंह ऐरी ६ रन, रोहितकुमार पौडेल ४, भीम सार्की ६ रन बनाएर आउट भए। पवन सरार्फले ८ रन बनाउँदा कमल सिंह ऐरी र किशोर महतो शून्यमा आउट भए।

सन्दिप लामिछानेले केही टिकेर खेलेको खेलमा ७ रन बनाए भने साहब आलमले समान७ रन बनाए।अफगानिस्तानका लागि मुजिब रहमानले सर्वाधिक ६ विकेट लिए। अहमद कमाले २ विकेट लिए।

नेपाल र अफगानिस्तानका युवा टिम इतिहास

नेपाल र अफगानिस्तानका युवा टिम अहिलेसम्म ९ पटक आमनेसामने भएका छन्। ९ मध्ये अफगानिस्तानले ६ खेल जितेको छ। बाँकी ३ खेल मात्र नेपालले जितेको छ। नेपालले पछिल्लो पटक सन् २०११ मा अफगानिस्तानलाई पराजित गरेको थियो। त्यसयता खेलिएका कुनै पनि खेलमा नेपाली युवा टिम पराजित हुँदै आएको छ।

एसीसी अन्डर नाइन्टिन एलिट कप अन्तर्त २००७ मा भएको खेलमा नेपाल ४८ रनले विजयी भएको थियो भने २००९ मा नेपालले ६ विकेटले अफगानिस्तानलाई हराएको थियो। यही प्रतियोगिता अन्तर्गत २०११ मा नेपालले अफगानिस्तानलाई समूह चरणमा ६ विकेटल हराउँदा फाइनलमा भने ६१ रनले पराजित भएको थियो।

यस्तै एसीसी अन्डर नाइन्टिन प्रिमियर लिगमा नेपाल र अफगानिस्तान दुई पटक खेल्दा दुबै पटक अफगानिस्तान विजयी भएको छ ।२०१४ मा भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने २०१५ मा १० विकेटको भारी अन्तरले हार्न पुगेको थियो।आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत २०११ मा नेपालले अफगानि टिममाथि ४२ रनको जित निकाल्दा २०१७ मा खेलिएका दुबै खेलमा हारेको थियो।

https://www.youtube.com/watch?v=vJK10Ay6JXE

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७