प्रहरीकाे प्रधानमन्त्रीले गरे प्रशंसा, आइजीपीले सुनाए उपलब्धी, गृहमन्त्री श्रोता मात्रै (तस्विरसहित)


२५ आश्विन २०७५, बिहीबार
Rss Images 1539237851817 PRO KTM PM NEPALPOLICE 20181011 6475

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्ति सुरक्षा भएको बताएका छन् ।

Rss Images 1539237851817 PRO KTM PM NEPALPOLICE 20181011 6475
धानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा मायाको चिनो प्रदान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । तस्वीर :  रासस

प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

‘नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नु पर्छ’, उनले भने । प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको बताउए ।

Rss Images 1539237939910 PRO KTM PM NEPALPOLICE 20181011 6472
नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । तस्वीर : रासस

उनले राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र संघको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको छ ।

Rss Images 1539237680297 PRO KTM PM NEPALPOLICE 20181011 6476 1
नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रासस

‘सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिका प्रशंसायोग्य छ’, उनले भने ।

स्थानीय, प्रदेश र संघीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने बताए । ‘तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाए पनि एउटा संवेदनशील मुद्दामा तपाईहरु यदि असफल हुनुभयो भने यसले पु¥याउने चोटलाई सजिलै भरपुर गर्न सकिँदैन’, उनले भने ।

Rss Images 1539237651905 PRO KTM PM NEPALPOLICE 20181011 64
नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रासस

उनले प्रहरीलाई व्यावसायिक र सुदृढ संगठन बनाई विदेशस्थित नेपालका विभिन्न दूतावासमा राख्ने जनशक्ति व्यवस्थापनमा नेपाल सरकार गम्भीर रहेको बताए । संघीयता कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिका मुलुक र जनताका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो ।

मुलुक संघीयतामा गएसँगै प्रहरी संगठनलाई पनि संघीय ढाँचाको रुपान्तरणमा लैजानका लागि आवश्यक संघीय प्रहरी ऐन निर्माणमा नेपाल सरकार लागिरहेको प्रधानमन्त्री ओलीले बताए । प्रहरी आम नागरिकभन्दा पृथक र उदाहरणीय हुनु जरुरी रहेको उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना संगठनका रुपमा विकास गर्न आफू लागिरहेको बताए । ‘हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक छ’, उनले भने ।

Rss Images 1539237389231 PRO KTM PM NEPALPOLICE 20181011 6474
नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रासस

महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले दैनिक १८ घण्टा मुलुक र जनताको सेवा गरेको उल्लेख गरे ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय लागिरहेको उनको भनाइ थियो ।

Rss Images 1539235361588 KN Damauli Tanahu Police Samman 3
६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको कार्यक्रममा वीर गति प्राप्त गरेका प्रहरीका आफन्तलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा । तस्बिर : रासस

६३ औँ प्रहरी दिवसका अवसरमा आज ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी संगठनलाई अलग राख्न सके मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका छन् । यस्तै, प्रहरी श्रीमती संघका अध्यक्ष प्रमिला खनालले वीर प्रहरीका परिवारलाई राहत प्रदान गरेकी थिइन् ।

Rss Images 1539235435386 KN Damauli Tanahu Police Samman 2
६३औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी जवान आरती दर्जीलाई नगद सहित पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, प्रहरी उपरिक्षक शिद्धीविक्रम शाह र कृष्णदल गणका प्रमुख सेनानी डम्बरबहादुर बोहोरा । तस्बिर : रासस

कार्यक्रममा यस वर्ष कार्यालय सहयोगी हरिबहादुर गुरुङ, महन्थ चौधरी, प्रहरी जवान राजकुमार आले, शेरसिंह साउद, सुशील बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना र प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामीले कामको सिलसिलामा वीरगति प्राप्त गरेको जानकारी दिइयो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नी खरेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई तथा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७