काश्मिरमा दोहोरो गोली हानाहान, दुईको मृत्यु


२५ आश्विन २०७५, बिहीबार
kashmir army in fitaing

सिन्ह्वा
श्रीनगर, २५ असोज । भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ ।

भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो ।

हान्दवारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी मारिएका प्रहरी प्रवक्ताले बताउनु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो ।

यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७