नेक्स्ट टप मोडल नेपालको फस्ट लुक र टिजर सार्बजनिक


२५ आश्विन २०७५, बिहीबार
m

काठमाडौं,२५ असोज। काठमाडौंको कर्मा लञ्जमा आयोजित एक कार्यक्रममा उतकृस्ट १३ पतिस्पर्धि सङै टिजर सार्बजनिक गरिएको हो । एक विशेष कार्यक्रम बिच सार्बजनिक गरिएको टिजर लन्च कार्यक्रम उत्कृस्ट रहेको इभेन्ट हेड मेघ मर्हजनले बताए । रियालिटि बेसमा गरिने कार्यक्रममा विभिन्न प्रतिस्पर्धीले आफ्नो प्रतिभा देखाउन पाउने छन् ।

एउटा पर्फेक्ट मोडल बन्न चाहिने सम्पूर्ण चिजमा अब्बल बनाइ क्लोज क्याम्पमा राखिने छ र विभिन्न एपिसोडमा परफमेन्सको जजमेन्ट गरिने छ ,इभेन्ट मेन्टर कोरीयोग्राफर बेनिश भण्डारी ले बताए । यश अघि मेघ र बेनिशले विभिन्न पेजेन्ट कोरीयोग्राफ गरिसकेका छन । र वाल्कको विशेष क्लास इन्टरनेसनल मोडल दिक्पाल कार्कीले लिएका थिए भने अफिसियल फोटोगाफर अनुप गुरुङ र सुदिप पोख्रेल हुन ।

साथै टिजर लन्च कार्यक्रममा कर्मा फिल्मको विशेष टिजरपनि देखाइएको थियो ।कर्माका मुख्य कलाकार मिस्टर इन्डिया २०१७ का विजेता करन वर्मा को वशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । साथै उहाले सम्पूर्ण प्रतिस्पर्धी तथा टिमलाईनै कार्यक्रमको लागि शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न कलाकारको प्रस्तुति सङै प्रतिस्पर्धीले फेसन सो ले माहोल तातिएको थियो । भाइरल भैदियो बाट एकदम चर्चामा रहेका गाएक मानशराज को प्रस्तुतिमा दर्शक झुमेका थिए,साथै उनले उत्कृस्ट २ प्रतिस्पर्धी लाई म्युजिक भिडियोको लागि यक्सक्लुसिभ अफर गरेका छन ।

ब्लु रेज प्रोडकसन ले आयोजना गरेको कार्यक्रम नेक्स्ट टप मोडल नेपालको विजेता ले २ लाख नगत सहित थाइल्यान्डको भर्मण गर्न पाउनेछन।र विभिन्न म्युजिक भिडियो यडको अफर पाउने छन ।कास्टमण्डप टेलिभिजनमा प्रसारण हुने कार्यक्रम मङ्सिर मा फिनाले हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७