कृष्णबहादुर महरालाई लक्षित गरी बम विस्फोट


प्रकाशित मिति : November 17, 2017

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई लक्षित गरी बम प्रहार भएको छ ।

शुक्रवार रोल्पाको लिवाङमा चुनावी प्रचरप्रसारका क्रममा रहेको बेला नेता महरालाई लक्ष्ति गरी बम विस्फोट गराइएको हो ।रोल्पा सदरमुकाम खलंगामा आयोजित चुनावीसभामा सहभागी हुन जाँदै गर्दा महरा चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले बम प्रहार गरेको हो
सदरमुकामबाट झन्डै ३ किलोमिटर दुरिमा पर्ने लिवाङथित भदौरे भन्ने ठाउँमा बम प्रहार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्