प्रतक्षतर्फको मतपरिणाम एक हप्ताभित्रै आउँछ : आयुक्त यादव


१ मंसिर २०७४, शुक्रबार
ayodhi prasad yadav निर्वाचन अायाेग

काठमाडौं: निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ ।
मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ ।

ayodhi prasad yadav निर्वाचन अायाेग
फाइल तस्बिर

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ ।’
शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा शुक्रबार आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए ।
उनले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय हुन्, अब कार्यान्वयनको खाँचो मात्र रहेको उल्लेख गरेका छन् । ‘अभिभावक, शिक्षक÷शिक्षिकाले आफ्ना बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस, ¥यालीमा जानु हुँदैन, विद्यालयमा यस किसिमका गतिविधि पनि गर्नुहुन्न भन्ने कुरालाई प्रभावकारी रुपमा भन्नुपर्छ’ उनले भने ।

विसं २०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणामा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाएका थिए । ११ बुँदे अपिलमा विद्यालय परिसरभित्र तथा पठनपाठनलाई असर पर्ने गरी विद्यालय आसपासमा राजनीतिक गतिविधि नगरौँ, विद्यालय उमेर समूहका बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस तथा ¥यालीमा स्वयंसेवकका रुपमा प्रयोग नगरौँ, विद्यालय हाताभित्र हातहतियार प्रदर्शन गर्न, भण्डारण गर्न पूर्णरुपमा निषेध गरौँ, विद्यालयको स्रोत साधन राजनीतिक दलका लागि प्रयोग नगरौँलगायत छन् ।
ती प्रतिबद्धतापत्रमा नेपाली काँग्रेस, नेकपा ‘एमाले’ नेकपा ‘माओवादी केन्द्र’, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७