सिर्जना सुब्बालाई ‘साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड


२८ आश्विन २०७५, आईतवार
Singapore South Asian International Film Festival 1

काठमाडौ, २८ असोज । ‘साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल २०१८’मा अभिनेत्री सिर्जना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।

नेपाली कथानक चलचित्र ‘डाइङ क्यान्डल’का अभिनेत्री सुब्बाले  शनिबार सम्पन्न भएको फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी हुन् ।

यस्तै चलचित्र ‘डाइङ क्यान्डल’बाटै दीपन्कर सिक्देर र रवीन आचार्यले उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड पनि हात पारे ।

फिल्म फेस्टिवलमा चलचित्र ‘डाइङ क्यान्डल’ नोमिनेसनमा परेपछि निर्देशक केसी र अभिनेत्री सुब्बा सिंगापुर पुगेका थिए ।

०७४ माघ २८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘डाइङ क्यान्डल’ ले उत्कृष्ठ अभिनयतर्फ गत वर्षका चलचित्रका अधिकांश अवार्ड हात पारेको थियो ।

फिल्ममा अनिनेत्री सुब्बासँगै सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा, विद्या कार्की लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा पनि केसीले नै लेखेका हुन् ।

यसअघि ‘क्विन्स फिल्म फेस्टिभल’मा रविन आचार्यले यस फिल्मबाट सर्वोत्कृष्ट छांयाकारको अवार्ड जितेका थिए । रविन, विमल सुवेदी, उत्तम केसीको लगानीमा निर्माण भएको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

फिल्ममा दिदी र भाइको आत्मीय सम्बन्धलाई केन्द्रीय कथा बनाएर निर्माण गरिएको चलचित्र हो । दिदीले भाइलाई र भाइले दिदीलाई गर्ने मायाँलाई चलचित्रमा देखाइको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७