साम्राज्ञी लिएर करिअर ब्युँताउने दाउ


१ मंसिर २०७४, शुक्रबार
samragi rajya

आर्यन  सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई उद्योगकै सबैभन्दा सुहाउने जोडी भनिथ्यो । दुवैले पहिलो फिल्म ‘मेरो एउटा साथी छ’मा यसलाई सार्थक बनाएका पनि थिए । त्यसयता दुवैले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा सँगै अभिनय गरे । फिल्मको व्यापार ठिकठाक रह्यो तर दुवै फिल्मबाट आर्यन र नम्रताले पैसाभन्दा ज्यादा अवार्ड पाए । तर, करिअरलाई चाहिने गति पाएनन् ।

samragi rajya

आर्यनले नम्रतासँगको गठबन्धनले पूरा गर्न नसकेको अपेक्षा रेखा थापासँगको टिमबाट पूरा गर्ने अपेक्षाका साथ ‘रुद्रप्रिया’ गरे । तर, यो फिल्मले  आर्यनको बचेखुचेको साख पनि साफ बनायो । यस्तोमा आर्यनले करिअरको डुब्दो नाउ किनारा लगाउन साम्राज्ञीराज्य लक्ष्मी शाहको साथ खोजेको चर्चा छ । उनले आफैंले निर्माण तथा अभिनय गर्न लागेको अनटाइटल फिल्ममा साम्राज्ञीलाई आफू अपोजिट कास्ट गर्न एप्रोच गरेको एक अनलाइनले समाचार छापेको छ । तर, साम्राज्ञीले ल वा नाइँ केही नभनेको पनि समाचारमा उल्लेख छ । हाम्रो प्रार्थना छ, साम्राज्ञीले ल भनून् र आर्यनको फिल्म सुपरहिट होस् । ‘बाटो बिराएको मान्छे’ , ढिलै सही घर फर्कनु उद्योगका लागि पनि राम्रै हो नी ।

शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७