डा.महतलार्इ लक्षित गरी एम्बुस विस्फोट,५ जना कार्यकर्ता घाइते


१ मंसिर २०७४, शुक्रबार
mahato

 

mahatoनुवाकोट: पूर्वअर्थमन्त्री एवं नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डा। रामशरण महतलाई लक्षित गरी शक्तिशाली एम्बुस विष्फोट भएको छ । nuwakot embus

उम्मेदवारसँगै चुनावी प्रचारप्रसारमा हिँडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राईलगायत काँग्रेसका पाँच कार्यकर्ता गम्भीर घाइते भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  । उनीहरू मध्ये ३ जनालार्इ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ भने समान्य घाइते २ जनाको स्थानीय अस्पतालमै उपचार गरिएको प्रमुख जिल्ला अधिकारी जदिशराज बरालले बताए ।घाइतेको अहिले काठमाडौँमा उपचार भइरहेको छ।193839344623666790 1621630967893720 1232892259 n

कांग्रेस उम्मेदवार महत ककनी(७,चतुरालेमा चुनावीसभालार्इ सम्बोधन गर्न प्रदेशसभाका उम्मेदवारसहित गाडीमा जाँदै थिए ।तर, ककनी–५, काउलेथामा भन्ने स्थानमा एम्बुसमा परेको हो ।घटनाका प्रत्यक्षदर्शी नुवाकोटबाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेशकुमार महतको भनाई अनुसार डा। सा’बको गाडी सबैभन्दा अगाडी भएकाले थोरैले बच्यो ।’काँग्रेसले घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७