मन्त्री र सांसदका परिवारलाई हवाई टिकट बाँडेपछि, दशैंका यात्रु अलपत्र


३१ आश्विन २०७५, बुधबार
Screenshot 2018 09 20 15 26 18 49

खजुरा, ३१ असोज । दशैं आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप अत्यधिक रूपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ ।

Screenshot 2018 09 20 15 26 18 49

जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ । कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन ।

कर्णालीका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सडक यातायात पुगे पनि त्यति भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले आवतजावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ ।

टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधैँ मर्कामा पर्ने गर्छन् । टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ ।

हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सामान्य सर्वसाधारणको बिचल्ली नै भएको छ । ‘दशैँको फूलपाती भित्रिसक्यो, आज महाअष्टमी तर अहिलेसम्म टिकट नपाएर घर फर्किने सुरसार नै छैन’, मुगुका सुरेन्द्र शाहीले भने, ‘टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडिएको छ, सर्वसाधारण लाई चाहिँ बिचल्ली पार्ने काम भएको छ ।’

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडान भन्दा यात्रुको चाप धेरै भएको बताए । उनका अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एयरले दैनिक रूपमा एक÷एक उडान भर्दै आएका छन् ।

‘सीता एयरको जहाज अहिले बिग्रेको छ, नेपाल एयरको जहाजले आइतबारबाट मात्रै उडान शुरु गरेको छ’, उनले भने, ‘तारा र समिट एयरसँग एक÷एक मात्रै जहाज चालु अवस्थामा छन्, यी दुई जहाजले दैनिक रूपमा उडान भर्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७