काठमाडौंमा नक्कली नोट छाप्ने कारखाना, नगद र मेशिनसहित पाँच जना पक्राउ


४ कार्तिक २०७५, आईतवार
money1

काठमाडौं, ४ कात्तिक । प्रहरीले काठमाडौंको मच्छेगाँउमा नक्कली नोट बनाउने कारखाना भेटाएको छ ।

money1

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोट बनाउने मेशिनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ स्थित कृष्णबहादुर क्षेत्रीको साढे चार तले घरको पहिलो तलामा नारायण श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठले भाडामा लिएको २ वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेशिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्रीसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, पर्सा घर भइ जोरपाटी बस्दै आएका २८ वर्षीय राज श्रेष्ठ र कुमारी गाल बस्दै आएका कागेश्वरी काठमाडौंका विकास दोचे छन् ।

प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार नक्कली नोट, ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन र २ थान मसी, पैसा छाप्न प्रयोग हुने २ बण्डल पेपर, ४ थान मोबाइल, कैची तीन थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजार का तीन थान नोट र १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिन् १२ थान र नक्कली एनआसी बैंकको चेक बुक बरामद गरेको छ ।

pp

उनीहरुले कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रबार पक्राउ गरेको थियो ।

उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७