ताइवानमा भयानक रेल दुर्घटना, १८ को मृत्यु १७० घाइते


५ कार्तिक २०७५, सोमबार
taiwan 64NlvXK7Pu

काठमाडौं, ५ कात्तिक । ताइवानको उत्तर पूर्वी इलाकामा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १८ को मृत्यु भएको छ भने एक सय ७० घाइते भएका छन् ।

taiwan 64NlvXK7Pu

रेल अधिकारीका अनुसार ताइपेबाट टाइटंग गइरहेको रेल यिलान काउन्टी नजिकैको ट्र्याकबाट बाहिर निस्किएको थियो । आठ डब्बा भएको उक्त रेलमा तीन सय ६६ यात्री सवार थिए । ताइवाना नेता साइ इंग वेनले यसलाई ‘सबैभन्दा ठूलो दुर्घटना’ बताएका छन् ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार दुर्घटना ताइपेबाट करिब ७० किलोमिटर टाढा पुयूमा एक्सप्रेसमा भएको थियो ।

ताइवान रेल प्रशासनका उप–प्रमुख लू जी शेनले उक्त रेल ६ वर्ष पुरानो र दुर्घटनाअघि राम्रो कन्डिशनमा भएको जानकारी दिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७