प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४ दिन सार्वजनिक बिदा गर्न आयोगको आग्रह


२ मंसिर २०७४, शनिबार
nirbachan aayoga

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतदात हुने मङसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने मङ्सिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आयोगले आग्रह गरेको हो ।

nirbachan aayoga
आयोगको मङ्सिर १ गते बसेको बैठकले मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारीहरू निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिन आयोगले गृह मन्त्रालयलाई पत्र पठाई आग्रह गरेको छ ।
यसै गरी पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मङसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मङ्सिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक बिदा दिन समेत सरकारसँग आयोगले आग्रह गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताए ।
निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसहरूमा दुवै चरणको निर्वाचनमा चार चार दिन बिदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो ।
पहिलो चरण र दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन केन्द्रहरू सामुदायिक एवं संस्थागत विद्यालय र क्याम्पस भवन तथा परिसर, स्थानीय तहका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द लगायतका सार्वजनिक भवन तथा परिसरहरूमा रहेका हुँदा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मङ्सिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा मङसिर १८ देखि २१ गतेसम्म उल्लिखित भवन तथा कार्यालयहरु निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउन आयोगले सरकारसँग आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७