पाँच लाखले पाएनन् स्मार्ट लाइसेन्स, अब निजी कम्पनीले पनि स्मार्ट लाइसेन्स छाप्ने


६ कार्तिक २०७५, मंगलवार
licence

काठमाडौं, ६ कात्तिक । सरकारले चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सहज र पर्याप्त बनाइरहेको बताइरहे पनि अझै पाँच लाख बढी चालकले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् ।

licence

स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् । नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै लिनुपर्ने नियम छ ।

पूराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

स्मार्ट कार्ड मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ ।

यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताएका छन् । प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिनभित्र करीब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७