काठमाडौंमा चल्न थाल्यो पाँच वटा विद्युतीय बस, सिसी टिभीले नै यात्रुको निगरानी राख्ने


६ कार्तिक २०७५, मंगलवार
bus 1

काठमाडौं, ६ कात्तिक । बढ्दो गाडीहरुका कारण वातावरण प्रदूषित बनिरहेका बेला काठमाडौंमा पाँच वटा विद्युतीय बस सञ्चालन थालिएको छ ।

bus 1
काठमाडौंमा सञ्चालन थालिएको विद्युतीय बस

२० यात्रु अट्ने सिट भएको बसको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।

सिसी टिभीले नै यात्रुको निगरानी गर्ने गरी ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।

oli 1
विद्युतीय बसको सेवा सञ्चालन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७