अब काठमाडौं उपत्यकामा इलेक्ट्रोनिक बस (फोटोफिचर)


६ कार्तिक २०७५, मंगलवार
bijuli bus 1

काठमाडौं, ६ कार्तिक । साझा यातायतले काठमाडौं उपत्यकामा इलेक्ट्रोनिक बस सेवाको शुभारम्भ गरेको छ ।

मंगलबार ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले इलेक्ट्रोनिक बस सेवाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले अब घरघरमा पाइपबाट ग्यास नभइ घरघरमा बिजुलीका तार र्पुयाउने र आयातीत इन्धनको साटो आफ्नै देशमा उत्पादन हुने बिजुली प्रयोग गर्ने घोषणा गरे ।

‘मैले त्यो बेला ग्यासको पाइप चुलामा भन्ने भाषण गर्दा खुब चर्चा चल्यो, अब ग्यासको पाइप होइन, छिटै नै हामी चुलो चुलोमा बिजुलीका तार भन्ने युगतिर जाँदैछौं ।’ उनले भने, ‘संसार छिटो छिटो बगेको छ, हामीले पनि ३ वर्षमा योजना बदलेर ग्यास पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा र्पुयाउने हो, केही मान्छेलाई फेरि पनि अनौठो लाग्न सक्छ , तर दुनियाँ बदलिरहेको छ ।’

बसमा चढेर प्रधानमन्त्री ओली सहित केही मन्त्रीहरु पुल्चोकस्थित साझा यातायातको कार्यालयबाट सिंहदरबारसम्म पुगेका छन् ।


उक्त बस चिनियाँ कम्पनी ‘बीवाईडी’ले निर्माण गरेको हो । २० यात्रु अट्ने सिट रहेको छ । सिसी टिभीले नै यात्रुको निगरानी गर्ने गरी ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

लुम्बिनी विकास कोषका उक्त बसहरु साझा यातायातको व्यवस्थापनमा सञ्चालन हुनेछन् ।  खरीद गरिएका पाँच मध्ये दुई बस काठमाडौं आइपुगेको छ भने बाँकी बस केही दिनमै आइपुग्ने जनाइएको छ ।

बस अपाङगमैत्री समेत रहेको उक्त बिजुली बसले उपत्यकाको प्रदूषण नियन्त्रणमा सघाउ र्पुयाउने विश्वास लिइएको छ ।

तस्बिर : प्रधानमन्त्री सचिवालय र रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७