अब चिटको भरमा गाडी चलाउन नपर्ने, दुई महिनाभित्रै स्मार्ट लाइसेन्स


६ कार्तिक २०७५, मंगलवार
licence

काठमाडौं, ६ कात्तिक । अहिले पनि धेरैले चिटको भरमा सार्वजनिक सवारी हाँकीरहेका छन् ।
सँधै बोक्नु पर्ने तर, जोगाउनै मुस्किल पर्ने चिटको भरमा गाडी चलाइरहेकाहरुले अब भने राहत पाउने भएका छन् ।

licence

यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ ।

मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो ।

पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर १५ रुपैंयाँ पाउँछ ।

कार्ड, विद्युतलगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने उनले जानकारी दिए । विभागको मीनभवनस्थित कार्यालयमै कार्ड छापिने छ ।

दुई महिनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ ।

प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ । त्यसका लागि बोलपत्र आब्हान भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७