बुद्ध एयरले बनायो नयाँ कीर्तिमान, एकै दिन पाँच हजार ४४० यात्रु उडायो


६ कार्तिक २०७५, मंगलवार
buddha air123

काठमाडौं, ६ कात्तिक । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो उडान इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

buddha air123

बुद्ध एयरले एकै दिन ५ हजार ४४० यात्रुलाई गन्तव्य पु याएर नेपाली उड्डयन इतिहासमा फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

बुद्धले हिजो सोमबार (कात्तिक ५ गते) ११ जहाजबाट ती यात्रु बोकेको हो । सन् १९९७ मा कम्पनी स्थापना भएयता एकै दिन यति धेरै संख्याबराबरका यात्रु बोकेको पहिलो पटक भएको बुद्धले जानकारी दिएको छ ।

गत आइतबार (कात्तिक ४ गते) ५ हजार ३ सय ७२ यात्रुलाई गन्तव्यमा र्पुयाएर नयाँ रेकर्ड राखेको बुद्धले त्यही रेकर्ड सोमबार तोडेको हो ।

त्यसैगरी गत असोज २९ मा ५ हजार ९ र त्यसको दुई दिनअघि असोज २७ मा ४ हजार ९ सय ३८ र असोज २१ मा ४ हजार ६ सय यात्रुलाई गन्तव्यमा र्पुयाएर नयाँ रेकर्ड राखेको थियो ।

‘हामीले सोमबार ५ हजार ४४० यात्रु बोक्यौं’, बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘२१ वर्षअघि कम्पनी स्थापना भएर पहिलो उडान गरेयता एकै दिन यति धेरै यात्रु बोकेको पहिलो पटक हो ।’

जोशीका अनुसार अधिकांश उडान काठमाडौंबाट भएका थिए । केही उडान भने भरतपुरबाट पोखरा, भैरहवाबाट पोखरा र तुम्लिङटारबाट विराटनगरका लागि भएको थियो ।

बुद्धले औसत दैनिक ४ हजार यात्रु बोक्ने गर्छ । असोज महिनामा दैनिक औसत ४ हजार ३ सय यात्रु बोकेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७