१८ वडाध्यक्षलाई मोटरसाइकल उपहार


७ कार्तिक २०७५, बुधबार
bikes dashain 1

मोरङ, ७ कात्तिक । जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासो बढिरहेको बेला विराटनगर महानगरपालिकाका १८ वडाध्यक्षले दशैं उपहार मोटरसाइकल पाएका छन् ।

bikes dashain 1
सांकेतिक तस्विर

निर्वाचित भएको झण्डै डेढ वर्षपछि महानगरका वडाध्यक्षहरुले मोटरसाइकल सुविधा लिएका हुन् । महानगरपालिकाको १९ वडा मध्ये १८ वडाका अध्यक्षलाई मोटरसाइकल उपहार महानगरपालिकाका मेयर भीम पराजुलीले दिएका छन् । वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले भने मोटरसाइकल लिएका छैनन् ।

आफ्नै मोटरसाइकल भएका बताउँदै उनले मोटरसाइकल सुविधा नलिएको जनाइएको छ । मेयर भीम पराजुलीले कार्यालय प्रयोजनका लागि वडा कार्यालयहरुलाई मोटरसाइकल वितरण गरिएको जानकारी दिए । आफूले कुनै सुविधा नलिएको बताउँदै उनले वडाका काम छिटो गर्नका लागि मोटरसाइकल प्रदान गरिएको बताए ।

महानगरपालिकाले खरिद गरेको मोटरसाइकल २ लाख ८ हजार रुपैयाँदेखि २ लाख ९० हजार रुपैयाँसम्मका छन् । महानगरका प्रवक्ता राजेन्द्र प्रधानले २ लाख ८ हजार रुपैयाँका होण्डा र २ लाख ९० हजार रुपैयाँका बजाज एभेञ्जर बाइक खरिद गरी वितरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७