नेपाललाई हङकङमा स्वर्ण पदक


२ मंसिर २०७४, शनिबार
gold medal nepal
g]kfnnfO{ :j0f{ kbs cS;kmfd OG6/g]zgnåf/f xªsªdf z’qmaf/ ;DkGg cGt/f{li6«o 6«]n /]; k|ltof]lutfdf :j0f{ kbs k|fKt ug{ ;kmn g]kfnL ;]gfsf cN6«f wfjs . tl:a/ M ;f}hGo–g]kfnL ;]gf, /f;;

काठमाडौं : अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । 

gold medal nepal
 अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सेनाका अल्ट्रा धावक । तस्बिर :  नेपाली सेना 

त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार सो प्रतियोगितामा विश्वका विभिन्न देशका पाँच हजार खेलाडीले भाग लिएका थिए । हङकङको साई कुङदेखि ट्युन मुनसम्मको दूरीमा सम्पन्न सो विश्वप्रतिस्पर्धा हङकङमा निकै प्रख्यात मानिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७