राष्ट्रपति भण्डारी आमा सरह हुन् उहाँसँग झुक्नु स्वभाविकरुपमा लिऔँ नः करिष्मा मानन्धर


७ कार्तिक २०७५, बुधबार
karishma manandarराष्ट्रपति भण्डारी आमा सरह हुन् उहाँसँग झुक्नु स्वभाविकरुपमा लिऔँ नः करिष्मा मानन्धर

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्दा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यही तस्बिरहरू विषयमा सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी, आलोचना समेत भइरहेको छ ।

राष्ट्रपतिका सामु कि एकदमै निहुरेर, कि घुँडा टेकेर टिका ग्रहण गरिएका तस्बिरहरूमा धेरै आलोचना भएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूले कुर्सीसिमै बसेर टिका ग्रहण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा नेता तथा पूर्व गृहमन्त्री वामदेव गौतम, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व प्रधानसेनापति राजेन्द्र नक्षत्र लगायत जस्ता विशिष्ट व्यक्तिहरू केही निहुरेर, घुँडा टेकेर टिका ग्रहण गरेका छन् ।

उक्त तस्बिरहरू सार्वजनिक भएपछि सामाजिक सञ्जालमा राजा र राष्ट्रपतिबिच केही फरक नभएको भन्दै विरोध गरिरहेका छन् । शासन व्यवस्था फेरिए पनि शासन शैली र व्यवहार नफेरिएको भनिरहेका बेला नयाँ शक्ति पार्टीकी नेतृ एवं नायिका करिष्मा मानन्धरले सामाजिक सञ्जालमा राष्ट्रपति आमा समान रहेको बताउँदै आमाको अगाडि झुक्नु स्वाभाविक रहेको उल्लेख गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा उनले आफू कसैप्रति पनि पुर्वाग्राही नभएको भन्दै लेखेकी छिन्,‘राष्ट्रपतिज्यू देशको सर्वोच्च पदमा हुनुहुन्छ । त्यो अर्थमा आमा सरह हुनुहुन्छ र आमाको अगाडि टीका थाप्दा झुक्नु स्वाभाविक रूपमा लिऔँ ।’

उनले सर्किण विचारहरू त्यागेर पार्टीगत स्वार्थ भन्दा माथि उठ्न  सोच्न आग्रह गरेकी छिन् ।

खास भएको के थियो ?
टिका ग्रहणको बेला उपराष्ट्रपति पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतका केही विशिष्ट व्यक्तिहरूसम्म राष्ट्रपतिकै समान कुर्सी राखिएको थियो । तर प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, पूर्व गृहमन्त्री वामदेव गौतम र पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले टीका ग्रहणको बेला भने कुर्सी हटेको थियो ।

यस्तो राष्ट्रपति कार्यालयको ध्यान राम्रोसँग नपुग्दा भएको थियो । नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारी सुरक्षा निकायका उच्च अधिकारीहरू टीका ग्रहणअघि र ग्रहण गरिसकेपछि स्यालुट गर्ने परम्परा छ । यसैका लागि प्रधानसेनापति थापाका लागि हटाइएको कुर्सी अरूले विशिष्ट व्यक्तिले लगाउँदा फेरी नराखिएपछि केही निहुरेर, घुँडा टेकेर टिका ग्रहण गर्न परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७