बागमतीमा बाइक दर्ता खुल्दै लट नम्बर ३ अंकको


८ कार्तिक २०७५, बिहीबार
Runner Bikes nepal

काठमाडौँ, ८ कात्तिक । सरकारले बागमती अञ्चलनमा दशैअघि रोकेको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गर्ने भएको छ ।

Runner Bikes nepal

यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।

‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको हो ।

‘नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने तयारी भइसकेकोे छ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, ‘संशोधित नियमावली एक दुई दिनभित्रै राजपत्रमा सूचना प्रकाशित गरिने छ ।’

प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता भएपछि लट परिवर्तन गरिन्छ । सोहीअनुसार बागमती अञ्चलमा दर्ता पुगिसकेको छ ।

‘अब लट नम्बर १०० नै भएर आउँछ, ३ अंकको लट नम्बर अब निरन्तर अघि बढ्छ,’ विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले भने । दशैं अगाडि नयाँ बाइक किनेका धेरै दर्ता रोकिएका कारण नयाँ बाइक कुदाउन पाएका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७