संघीयता खारेज नगरे देश रहँदैन : चित्रहादुर केसी


८ कार्तिक २०७५, बिहीबार
chitra bahadur kc

अर्घाखाँची, ८ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता खारेज नभए नेपाल नै नरहने दावी गरेका छन् ।

chitra bahadur kc

नेपालमा संघीयता टिक्न सक्ने कुनै आधार नभएको दावी गर्दै नेता केसीले कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघीयता लादिएको बताए ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै नेता केसीले नेपालको तराई क्षेत्रको भू–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति अनुसार संघीयता ल्याइएकाले आफ्नो पार्टी सँधै विपक्षमा रहँदै आएको बताए ।

अध्यक्ष केसीले एउटा सरकार सञ्चालनका लागि नै बिदेशीसँग हारगुहार गर्नुपर्ने देशमा सात–आठ वटा सरकार नेपाली जनताले थेग्न नसक्ने औंल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७