तनुश्रीले मलाई नशा खुवाउँदै पटक–पटक बलात्कार गरिन् : राखी


८ कार्तिक २०७५, बिहीबार
rape1

काठमाडौंं ८ कात्तिक । ‘मि टू’ अभियानसँग बलिउडका अनौठा यौन हिंसाका समाचारहरु एकपछि अर्को गर्दै आइरहेका छन् ।

rape1

जसका कारण धेरैको सामाजिक प्रतिष्ठामा आँच ल्याइसकेको छ । फेरि बलिउडको सिने जगतका चर्चित स्टारहरुको अनौठो काण्ड बाहिर आएको छ । झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ ।

तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीबीच लफडा चलिरहेको छ ।

यही बीचमा पत्रकार सम्मेलन नै गरेर राखीले तुनश्रीमाथि गम्भिर आरोप लगाएकी छिन् । राखीले पत्रकार सम्मेलनमा भनिन्, ‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’

राखीले आरोप लगाउँदै भनेकी छन्, ‘तुनश्री केटी होइन केटा हुन् । उनी लेजबियन हुन् । उनले बारम्बार नशालु पदार्थ खुवाएर मलाई रेप गरेकी छिन् ।’ तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको भन्दै राखीले उनले नै पार्टीमा लगेर आफूलाई धुमपान गर्न सिकाएको समेत आरोप लगाइन् ।

राखीले, बलिउडमा थुप्रै लेजबियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् । राखीको यो आरोपसँगै अब बलिउडमा चर्किरहेको ‘मि टू’ अभियानले नयाँ मोड लिने देखिएको छ ।

यसअघि बलिउडका सफल संगीतकार अनु मलिकलाई पनि यो आरोप लाग्यो । एक गायिकाले गीत गाउने क्रममा आफूलाई किस गर्न मागेको आरोप लगाएपछि उनले नेपाल आइडलको जर्जबाट हात धुनु परेको छ ।

यसअघि बलिउडका सफल संगीतकार अनु मलिकलाई पनि यो आरोप लाग्यो । एक गायिकाले गीत गाउने क्रममा आफूलाई किस गर्न मागेको आरोप लगाएपछि उनले नेपाल आइडलको जर्जबाट हात धुनु परेको छ ।

यस्तै यस अभियानमा केन्द्रीय मन्त्री एम जे अकबर, अभिनेता आलोकनाथ, ऋतिक रोशन, गायक कैलाश खेर, गायक तथा संगीतकार अनु मलिक, रघु दीक्षित, प्रशान्त झा, सुहेल सेठ र महिला कमिक स्टार अदिती मित्तलसमेत ‘मी टू’को शिकार बनिसकेका छन्। उनीहरु माथि यौन उत्पीडन, गलत व्यवहार, संवेदनशील अंगमा छुनेलगायतका आरोपहरु लगाइएका छन्।

के हो ‘मी–टु’ अभियान ?

यो यौन हिंसाका विरुद्धमा सामाजिक संजालमा चलाइएको एक अभियान हो । जहाँ पीडितको आवाजलाई विश्वसामु पु¥याएर अरुलाई पनि आफूमाथि भएको दुव्र्यवहारको घटनालाई बाहिर ल्याउन प्रेरित गरेको छ ।

विश्वभरका पीडित महिलाले आफूमाथि भएको हिंसा सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएका छन्। ‘मी–टू’ वाक्यको प्रयोग सबैभन्दा पहिले सन् २००६ मा अमेरिकी अधिकारकर्मी तराना बुर्कले गरेकी थिइन्।

समाजमा रहेको यौन हिंसाविरुद्ध जनचेतना जगाउन उनले यौन हिंसापीडित एक युवतीलाई ‘मी–टू’ भन्दै सहानुुभूति दिन यी शब्दहरूको प्रयोग गरेकी थिइन्।

बुर्कपछि यसलाई चर्चित बनाउने काम हलिउड नायिका एलिसा मिलानोले गरिन्। उनले नै आफूमाथि भएका घटना उल्लेख गर्न सबैलाई अनुरोध गर्दै ट्विट गरिन्। उनले ट्विट गरेको २४ घन्टाभित्र विश्वका ४७ लाख मानिसले यसको प्रयोग गरेको पाइयो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७