सुन ६ वर्षयताकै महँगो, तिहारमा पनि सुन लगाउने सपना महँगो पर्ने


८ कार्तिक २०७५, बिहीबार
gold

काठमाडौंं ८ कात्तिक । नेपाली चाड दशैं भित्रिएसँग आकाशिएको सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

gold 1

सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीकार सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्य दशैं भित्रिएसँगै बढेकाले दशैंमा सुनका गहना जोड्ने धेरैको योजना पूरा हुन समेत पाएन ।

अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत अवस्थामा रहेसँगै सुनको मूल्य पनि बढेको हो । नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन् । यसअघि २०६९ भदौमा ६३ हजार रुपैयाँसम्म सुनको कारोबार भएको थियो ।

त्यसयता ६० हजारमुनि रहेको सुनको मूल्य हिजो ६० हजार १ सय रुपैयाँ पुग्यो । आज ३ सय रुपैयाँले सुनको मूल्य बढेको हो । दशैं सकिएर तिहार नजिकिँदै गर्दा सुन महँगो भएपछि व्यवसाय समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।

‘अहिले सिजन भएकाले सुनको कारोबार उच्च हुने गरेको छ, तर मूल्य उच्च हुँदा केही प्रभाव पारेको छ’ महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने ।
कमजोर भारुका साथै विश्वका मजबुत शेयर बजार घट्नुले पनि लगानीकर्ता सुनमा आकर्षित हुँदा माग बढेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सुनको मूल्य बढ्दा व्यापार घाटा बढ्न जान्छ । अझ पछिल्लो समय नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको कोटा बढाएर २५ केजी पुर्‍याएको छ । वाणिज्य बैंकहरुले पालैपालो तोकिएको परिमाणमा सुन ल्याएर व्यवसायीहरुलाई बिक्री वितरण गर्ने गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सुनको आयातका लागि ३२ अर्ब २० करोड रुपैयाँ बाहिरिएको छ । विदेशिएका नेपालीले ल्याउनेका सुनका गहनाको हिसाव यसमा छैन । विदेशिएका नेपालीले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७