बुलेट बाइकको मूल्य बढ्यो, अब कति पुग्यो ?


८ कार्तिक २०७५, बिहीबार
bullet

काठमाडौं, ८ कात्तिक । अहिले युवाहरुको रोजाइको बाइक बुलेट हो । निकै पावरफुल यो बाइक चढ्ने धेरैको सपना हुन्छ । तर, अब यो सपना पूरा गर्न थप गोजी गह्रुगो बनाउनु पर्ने भएको छ ।

bullet

नेपालमा रोयल इन्फिल्ड (बुलेट) बाइकको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड (बुलेट) बाइकको मूल्य बढाएको छ । कम्पनीले हालै बढेको मूल्य सार्वजनिक गरेको छ । बजेट पछिको करका साथै ढुवानी भाडा वृद्धि भएकोले बाइकको मूल्य बढाएको प्रालिले जनाएको छ ।

नेपाली वजारमा रोयल इन्फिल्डको सबै भन्दा बढी मूल्य पर्ने मोटरसाइकल थन्डर बर्ड हो । ५०० सीसीको यो मोटरसाइकलको मूल्य ७ लाख २१ हजारबाट बढेर हाल ८ लाख २१ हजार पुगेको छ ।
अर्को त्यस्तै ५०० सीसीको क्लासिक क्रोम मोटरसाइकलको मूल्य पनि ५ लाख ८१ हजार वाट वढेर ६ लाख ८१ हजार हजार पुगेको छ ।

त्यसै गरी रोयल इन्फिल्डको ५०० सीसीको अर्को बाइक छ क्लासिक । यो मोटरसाइकलको मूल्य पनि ६ लाख ६१ हजार हजार पुगेको छ । रोयल इन्फिल्डका ३५० सीसीको तीन वटा बाइक रहेका छन् ।

३५० सीसीको इलेक्ट्रा मोटरसाइकलको मूल्य ४ लाख ३२ हजारवाट वढेर ४ लाख ६७ हजार पुगेको छ । अर्को ३५० सीसीको नै थन्डर बर्ड मोटरसाइकलको मूल्य ४ लाख ९९ हजारवाट वढेर ५ लाख ७० हजार पुगेको छ ।

रोयल इन्फिल्ड बाइकको सवै भन्दा सस्तो बाइक हो ३५० सीसीको क्लासिक । यो मोटरसाइकलको मूल्य पनि ४ लाख ४९ हजारवाट वढेर ५ लाख १५ हजार पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७