माग्ने बुढोको गतिलो प्रहार : कुर्सी बोकेर दशैँमा टिका लाउन हिँडियो


८ कार्तिक २०७५, बिहीबार
Magne buda माग्ने बुढोको गतिलो प्रहार कुर्सी बोकेर दशैँमा टिका लाउन हिँडियो

काठमाडौं, ८ कार्तिक । दशैँ सकिएपनि चर्चा भने सेलाएको छैन् । चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले राष्ट्रपति कार्यलयमा दशैँको टिका प्रति गतिलो ब्यंग्य प्रहार गरेका छन् ।

राष्ट्रपति कार्यालयमा टिका ग्रहणको समयमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा झुकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको बेला उनले गतिलो प्रहार गरेका छन् ।


हास्य कलाकारका रुपमा पनि चर्चित रहेको उनले हसाउने शैलीमा प्लाष्टिकको कुर्सी हातमा बोकेको तस्विर फेसबुकमा शेयर गद व्यंग्य प्रहार गरेका हुन् । उनीसँगै श्रीमती सीताले समेत कुर्सी बोकेको तस्बिर सार्वजनिक गर्दे उनले लेखेका छन् ‘हामी त दशैँभरी आफ्नै कुर्सी बोकेर टीका लाउन हिँडियो । कतै घुँडा टेक्नै परेन ।’

उनले सिधै राष्ट्रपति कार्यालयबाट बाहिरिएका तस्वीरहरुलाई लक्षित गर्दे गरेका हुन् ।
यसअघि अर्को कलाकार अभिनेत्री करिस्मा मानान्धरले समेत यस विषयमा टिप्पणी गरेका थिए ।

यो पनि पढ्नुहोस्
राष्ट्रपति भण्डारी आमा सरह हुन् उहाँसँग झुक्नु स्वभाविकरुपमा लिऔँ नः करिष्मा मानन्धर

 कसरी हट्याे कुर्सी ?
टिका ग्रहणको बेला उपराष्ट्रपति पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतका केही विशिष्ट व्यक्तिहरूसम्म राष्ट्रपतिकै समान कुर्सी राखिएको थियो । तर प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, पूर्व गृहमन्त्री वामदेव गौतम र पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले टीका ग्रहणको बेला भने कुर्सी हटेको थियो । 

यस्तो राष्ट्रपति कार्यालयको ध्यान राम्रोसँग नपुग्दा भएको थियो । नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारी सुरक्षा निकायका उच्च अधिकारीहरू टीका ग्रहणअघि र ग्रहण गरिसकेपछि स्यालुट गर्ने परम्परा छ । यसैका लागि प्रधानसेनापति थापाका लागि हटाइएको कुर्सी अरूले विशिष्ट व्यक्तिले लगाउँदा फेरी नराखिएपछि केही निहुरेर, घुँडा टेकेर टिका ग्रहण गर्न परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७