रौतहटमा बम विस्फोट, ८ जना घाइते


२ मंसिर २०७४, शनिबार
Rautahat district

काठमाडाैं  : रौतहटको चन्द्रपुर नगरपालिका–५ मा बम विस्फोट भएको छ । वाम गठबन्धनको भेला स्थल नजिकै भएको विस्फोटमा ८ जना घाइते भएका छन् ।

Rautahat district

बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७