लाइसेन्सको आवेदन अब छठपछि मात्र खुलाइने


९ कार्तिक २०७५, शुक्रबार
1528089591licence3

काठमाडौं, ९ कात्तिक । दशैंअघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन अब छठपछि मात्र खुल्ने भएको छ ।

1528089591licence3

यातायात व्यवस्था विभागले दशैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो ।

नयाँ आवेदन नखुले पनि रिट्रायल भने तिहार अघि नै खोल्ने तयारी भएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

‘हामी रिट्रायल केही दिनमा शुरू गर्छौँ तर, नयाँ आवेदन फारम भने छठपछि मात्र लिने तयारी छ’ उपाध्यायले भने । मिति भने निश्चित नभइसकेको उनले जानकारी दिए । ‘मिति निश्चित गरेर हामी सूचना निकाल्छौ’ उनले भने ।

यता ट्रायल कटाएका करीव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन् । यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ ।

मालिकाले पूर्ण गतिमा लाइसेन्स छाप्न थालेपछि ४५ दिनभित्रमा ५ लाख कार्ड छापेर विभागलाई बुझाउनु पर्ने उपाध्यायले जानकारी दिए । अहिले विभागले पनि नियमित दैनिक २ लाख लाइसेन्स प्रिन्ट गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७