विप्लव र वैद्यसँग एकता गर्ने कट्टेलको घोषणा, भने, ‘ओली–प्रचण्ड कम्युनिष्ट होइनन्’


१० कार्तिक २०७५, शनिबार
1540625738rishi raj

काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीले विप्लव माओवादी र वैद्य माओवादीसँग चाँडै एकता गर्ने घोषणा गरेका छन् ।

1540625738rishi raj

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली–प्रचण्ड विसर्जनवादी मात्र नभई कम्युनिष्ट नै नभएको आरोप लगाउँदै अब वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा हुने बताए ।

साक्षात्कारमा अध्यक्ष कट्टेलले वर्तमान सरकार दलाल पूँजीवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरेका छन् । उनले भने, ‘ओली–प्रचण्डजीहरू आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरूलाई भोट पनि दिए ।

तर, ८ महिनामा दुई तिहाइ सरकारका काम कार्बाही जनताले हेरिसके । अबको विकल्पको रूपमा हामी उभिनेछौं, खासमा कम्युनिष्ट मुलधारमा आउनु पर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’

निर्वाचन आयोगले हिजो मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रूपमा नाम दिएको कुरा सञ्चार माध्याममा सुनेको बताउँदै अध्यक्ष कट्टेलले आफूहरू त्यसविरूद्धमा अदालत जाने पनि बताए । उनले भने, ‘नाम फरक देखाउनको लागि ओली–प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेल पनि हो । जनता यसप्रति सजग हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७