अन्तरजातीय विहे गरेकी श्रीमतीको कुटी–कुटी हत्या


१० कार्तिक २०७५, शनिबार
Rubi lUiZkTCzc6

धनुषा, १० कात्तिक । धुनषाका एक व्यक्तिले आफूलाई छाडेर अर्कै व्यक्तिसँग विहे गर्ने श्रीमतीलाई कुटी–कुटी हत्या गरेका छन् ।

Rubi lUiZkTCzc6

लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २८ वर्षका संजय यादवले २४ वर्षकी पत्नी रुवी ठाकुरलाई कुटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ ७ बजे पत्नी रुवीलाई संजयले कुटपिट गरेर बेहोस् छाडेर स्थानीय एक जना डाक्टर बोलाउन गएका थिए । डाक्टर आएर उपचार गरेपछि एकपटक होस् आएको र केहीबेरमा उनको ज्यान गएको डाक्टरको भनाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिएका छन् ।

तर डाक्टर बोलाउन गएका पति संजय भने उत्तैबाट फरार भएका छन् । स्थानीयका अनुसार तीन दिनदेखि श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । त्यही विवादका क्रममा यादवले श्रीमती रुवीमाथि कुटपिट र यातना दिएको र त्यसै क्रममा रुवीको ज्यान गएको प्रहरी निरीक्षक कुशवाहाले बताए ।

शवलाई राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र फरार यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यता रुवीका माइतपक्षले छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या भएको छिमेकीहरुको बताएको बताएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका ७ तरापट्टी बस्ने रामप्रसास ठाकुरकी छोरी रुवीको ६ वर्षअघि सामाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुर भन्ने केटासँग विवाह भएको थियो ।

तर त्यसको एक वर्ष नबित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका संजय यादवसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । त्यसपछि रुवीको माइतसँग सम्बन्ध चिसिएको र आवत–जावत समेत नरहेको रुवीका भाइ विनोद ठाकुरको भनाई छ ।

शुक्रबार साँझ ८ बजेतिर रुवीको हत्या भएको कुरा छिमेकहरुले बताएपछि आफूलाई थाहा भएको भाइ विनोदले बताए । भाइ विनोदका अनुसार संजय बदमास केटो रहेको र केही दिनअघि रुवीले आफ्नो सुन बेचेर पैसा राखेको कुरा थाहा पाएपछि संजयले पैसा लिन रुवीलाई कुटपिट र यातना दिँदै आएका थिए ।

सुन बेचेको पैसा लिनकै लागि शुक्रबार साँझ रुवीमाथि उनकै श्रीमानले कुटपिट गरी हत्या गरेको आफूलाई स्थानीयले जानकारी गराएको विनोदले बताए ।

उहाँले रुवीको हत्यामा संलग्न यादवलगायत सबैलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । संजय ट्रक चालक रहेको र बिहे भएकै बेलादेखि संजयले बेला बेला रुवीलाई कुटपिट गर्दै आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७