नायिका दीपिकाले गरिन् निर्देशक दिवाकरसँग बिहे, दुबैले लेखे,‘ऊ मेरो, ऊनी मेरो’


१० कार्तिक २०७५, शनिबार
dipika n diwakar

काठमाडौं, १० कात्तिक । हाल प्रदर्शनरत ‘छक्का पञ्जा ३’की नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन् ।

दुबैले शनिबार बिहान आ–आफ्नो फेसबुकमा ‘ऊ मेरो’, ‘ऊनी मेरो’ भन्दै एउटै प्रोफाइल तस्विर राखेर बिवाह गरेको जानकारी गराएका हुन् ।

दीपिकालाई ‘ऐश्वर्या’ फिल्मबाट डेब्यू गराएका निर्देशक भट्टराईलाई आफुहरु करिब एकवर्ष अगाडिदेखि कानुनीरूपमा पतीपत्नी भएको पनि खुलासा गरेका छन् । उनले भने,‘हामीले ऐश्वर्या रिलिजपछि कोर्टम्यारिज गरेका हौं, पारम्परिक विवाह भने केहि समयपछि हुनेछ ।’


उनीबीच दुई महिना अगाडिनै पारिवारिक उपस्थितिमा ‘इन्गेजमेन्ट’ भएको थियो । दुबै जना आज अपरान्ह एकसाथ छुट्टी मनाउन बैंकक जाँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७