अस्वस्थ्यताका कारण प्रधानमन्त्री ओली चियापानमा अनुपस्थित
काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा संक्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेनन् ।
विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण उनी नआएको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा संक्रमण देखिएकाले आउन नसके पनि भावनात्मक रुपमा उनी उपस्थित भएको प्रतिक्रिया दिएका छन् ।