पाँच म्युचअल फण्ड अनुमतिको प्रक्रियामा


१० कार्तिक २०७५, शनिबार
0 Shares
Mutual fund investment

काठमाडौं, १० कात्तिक । शेयर बजार उतार चढावमा रहेका बेला विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ८५ करोड बराबरको म्युचअल फण्ड योजना अगाडि सारेका छन् ।

Mutual fund investment

म्युचअल फण्ड बिक्रीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार ग्लोबल आइएमइ बैंकले ‘ग्लोबल आइएमइ म्युचअल फण्ड’ योजनाका लागि आवेदन दिएको छ । कूल १२ करोड इकाइ सो योजनामा बिक्री गरिनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै सिटिजन म्युचअल फण्ड दोस्रो बिक्रीका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिइएको छ । कूल रु एक अर्ब बराबरको १० करोड इकाइ, एनएमबी बैंकको एनएमबी–५० को रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिएको छ ।

त्यस्तै एनआइसी एशिया बैंकको रु एक अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाइ र नविल बैंकको रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

jagdamba.cement

त्यस्तै एनआइबिएल सहभागिता फण्डसमेत अनुमतिको प्रक्रियामा छ । सो योजनामा रु ५० करोड बराबरको पाँच करोड इकाइ बिक्रीको अनुमतिका लागि आवेदन दिइएको छ । सबै योजना रु छ अर्ब ३५ करोड बराबरको ६३ करोड ५० लाख इकाइ रहने बोर्डले जनाएको छ ।

सामूहिक लगानीका लागि यस्ता फण्ड प्रभावकारी हुने गरेका छन् । धितोपत्र बजारमा पछिल्लो समयमा यस्ता सामूहिक लगानी कोषमार्फत लगानी समेत बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७